Posts

हेर्नुहोस् जेठ २० गतेको राशिफल

Image
आज श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ २० गते मंगलबार इश्वी सन २०२० जुन २ तारीख ज्येष्ठ शुक्ल पक्ष एकादशी तिथी चित्रा नक्षत्र व्यतिपात योग वव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा ध्वांक्ष योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु निर्जला एकादशी व्रत, तुलसीबीजरोपण तुलसीको दल राख्ने दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँ टाढा भएको महसुस रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । अध्यन अध्यापनमा समय मध्यम रहेकोछ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहनेछ । यात्रामा बिषेश साबधानि अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ । मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ...

१६ विदेशी कम्पनीले लगे १० अर्ब

Image
काठमाडौं /विदेशी लगानीमा सञ्चालित १६ कम्पनीले चालु आर्थिक वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि लकडाउन सुरु हुनु अघिसम्म विदेशी लगानीमा कम्पनीले १० अर्ब दुई करोड ७३ लाख रुपैयाँ लाभांश फिर्ता लगेका हुन् । विभागअन्तर्गत रहेको एकल सेवा बिन्दुमा कार्यरत राष्ट्र बैंकका प्रतिनिधि मदन पण्डितका अनुसार लाभांश लैजान स्वीकृत पाएको एक महिनाभित्र प्रायः सबै कम्पनीले लाभांश लगिसकेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।